add

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघ्यो






ActPro Nepal

|

१७ भदौ, २०७८

|
934

काठमाडौँ । देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ ।

दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको छ । प्रतिशतका हिसाबले पहिलो खोप लगाउने १८ र दुवै खोप लगाउने १५.४ प्रतिशत छन् ।

गत वर्ष माघ १४ गतेदेखि सुरु भएको कोरोनाविरुद्धको खोप अभियान उत्साहजनक ढङ्गले अघि बढेको देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि खोप लगाउने कार्यले झनै तीव्रता पाएको छ । कोरोना भाइरस र कोरोनाविरुद्धको खोप दुवै नयाँ भएकाले सुरु–सुरुमा स्वास्थ्यकर्मीहरूले समेत खोप लगाउन आनाकानी गरेका थिए । स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिलेसमेत खोपबाट प्यारालाइसिस हुने, विभिन्न किसिमका रोग लाग्ने भन्दै खोप लगाउन नमानेको समचार आजको गोरखापत्र दैनिकमा छ ।

नेपालमा कोरोनाविरुद्धको खोप प्रयोग गर्न मात्र ल्याइएको हो भन्दै कतिपयले खोपलाई बहिष्कार गरेका थिए तर विस्तारै खोपले मात्र कोरोनालाई परास्त गर्नसकिने प्रमाणहरू आएपछि मानिसले खोप लगाउन सुरु गरेका हुन् । अहिले खोप केन्द्रहरूमा खोप लगाउने मानिसको लामो लाम लाग्ने गरेको छ ।

तत्कालीन खोप शाखा प्रमुख डा. झलक गौतमले सुरुसुरुमा नर्स, डाक्टरहरूले समेत खोपप्रति आशङ्का व्यक्त गरेर खोप नलगाएको जानकारी दिनुभयो । विस्तारै सरकारले खोपबारे गलत भ्रमलाई चिर्दै खोपले मात्र कोरोनाविरुद्ध काम गर्नसक्छ भन्ने भावना ल्याएको जानकारी उनले दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.