add

पर्यटन प्रवर्द्धनका लागि नेपालले मलेसियासँग सहकार्य गर्ने






ActPro Nepal

|

१३ भदौ, २०७८

|
1083

काठमाडौँ ।  नेपाल र मलेशियाबीचबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी मोह्द फाजेल अबु हसनले छलफल गरेका छन् ।

काठमाडौंस्थित मलेशियाली राजदूतावासमा आयोजित भेटमा दुवै देशले स्वास्थ्य मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने सकिने कुरामा जोड दिइएको छ ।

दुवै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी तथा सञ्चारकर्मीको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदानप्रदान गर्न सकिने विषयमा उनीहरुले छलफल गरेका छन् ।

कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै बिटुबीका माध्यमबाट दुवै देशको पर्यटन प्रर्वद्धन गर्न सकिने रेग्मीको धारणा छ ।

नेपालका विभिन्न क्षेत्रमा पूर्णखोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको पनि उनले बताए ।

मलेशियमामा नेपालको प्रर्वद्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेशियाको प्रवद्र्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमहरुबीच सहकार्य गर्न सकिन्छ, रेग्मीले भने ।

त्यसैगरी हसनले नेपाल र मलेशियाबीच विभिन्न कोणले सुमधुर सम्बन्ध रहेको बताउँदै कोभिडकै बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई सुचारु गर्ने सकिने विषयमा आफूहरुले पनि छलफल गरिरहेको बताए ।

मलेशिया नेपालीको श्रम गन्तव्य मात्र नभएर पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहकार्यबाट दुवै देशको पर्यटन विकास गर्ने सन्दर्भमा आफुले प्रसास गर्ने पनि उनले जानकारी दिए ।

बोर्डले काभिडकै बीचमा पनि नेपालको पर्यटनलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनेर विभिन्न देशका राजदुतहरुसँग निरन्तर भेटघाट तथा छलफल गरिरहको छ । बोर्डले यसअघि कतार,थाइल्याण्ड र श्रीलंका राजदूतसँग भेटघाट तथा छलफल गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.