add

दोहोरो अंकले बढ्यो शेयर बजार,परिसुचक ३०९४ अंक पुग्दा १३ अर्ब ४२ करोडको कारोबार






ActPro Nepal

|

१० भदौ, २०७८

|
833

काठमाडौं  । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । यसअघि लगातार दुई दिन दोहोरो अंकले घटेको बजार बिहीबार १७.६० अंकले बढेर ३०९४.०१ अंकमा पुगेको हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बिहीबार इन्डेक्स ३.४० अंकले बढेर ५७१.३९ अंकमा पुगेको हो।

बिहीबार हाइड्रोपावर, विकास बैंक, फाइनान्स, लघुवित्त र होटल एण्ड टुरिजम बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै हाइड्रोपावरको सूचक ४.८३ प्रतिशत बढ्यो । त्यस्तै, विकास बैंकको ४.२२ प्रतिशत, फाइनान्सको ३.८३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जीवन बीमा समुहको सूचक घट्यो । कम्पनीको सूचक ०.८७ प्रतिशत घट्यो । त्यस्तै, बैंकिङ्ग समुहको ०.३७ प्रतिशत घट्यो ।

बुधबारको तुलनामा आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज २३२ कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ताशेयर किनबेच हुँदा १३ अर्ब ४२ करोड रुपैयाँको कारोबार भयो ।

आज ११ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा नारायणी विकास बैंक, जीवन विकास लघुवित्त, गुह्यश्वरी मर्चेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट विकास बैंक, आँखुखोला हाइड्रोपावर, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रोपावर, साइनर्जी र दिव्यश्वरी हाइड्रोपावर रहेका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा गुडवेल फाइनान्स रहेको छ । फाइनान्सको शेयर मूल्य ३.९५ प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपर्सले गर्यो । कम्पनीले ९३ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.