add

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल, गर्भनर अधिकारीद्वारा सपथ ग्रहण






ActPro Nepal

|

१० भदौ, २०७८

|
980

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् । उनी नेपाल सरकार, अर्थ मन्त्रालयकाे तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएका थिए ।

बैंककाे आज (भदाै १० गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सुमनराज अर्याललाई अध्यक्षमा नियुक्त गरेकाे हाे । यससँगै, नवनियुक्त अध्यक्ष अर्यालले नियुक्त भएकै दिन आफ्नो पदको शपथ लिएका छन् ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको आगमनले बैंकको सञ्चालक समितिले थप उचाई लिने र एउटा सफल प्रतिस्पर्धी बैंकको रुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरे ।

साथै, नेपाल सरकारले देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि तर्जुमा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा समेत नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै नवनियुक्त अध्यक्ष अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे ।

साथै, उनले आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यवसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर निलम शर्मा ढुंगाना र बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल बैंकका सञ्चालक समितिका सदस्यहरु दीपेन्द्र विक्रम थापा, सुमन दाहाल, डा.सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज.ब.रा., विष्णुकुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराए ।

साथै, उक्त कार्यक्रममा बैंकका कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तको समेतको उपस्थिति थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.