add

दोहोरो अंकले घट्यो नेप्से,परिसुचक ३०७६ अंक पुग्दा १२ अर्ब ९ करोडको कारोबार






ActPro Nepal

|

९ भदौ, २०७८

|
1139

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ ।

बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ९.६७ अंकले घटेर ५६७.६९ अंकमा झरेको छ ।

आज सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक घट्यो । निर्जीवन बीमा समुहको सूचक २.८४ प्रतिशत घट्यो ।

त्यस्तै, विकास बैंकको २.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समु्हको २.२२ प्रतिशत, जीवन बीमाको १.६९ प्रतिशत घट्यो ।

बुधबार कारोबार रकममा पनि कमी आएको छ । आज २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९ करोड २१ लाख रुपैयाँको कारोबार भयो ।

बजार घटेको समयमा पनि दुई कम्पनीको शेयर बजारमा भने पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा जीवन विकास लघुवित्त र आइसीएफसी फाइनान्स रहेका छन् । लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो भने फाइनान्सको ९.९९ प्रतिशत बढ्यो ।

बुधबार खानीखोला जलविद्युतको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो । जलविद्युतको शेयर मूल्य ९.९८ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार अरुण काबेली पावरले गर्यो । कम्पनीले ४८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.