add

राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक






ActPro Nepal

|

८ भदौ, २०७८

|
893

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।

जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका लागि फाइनल गरिएको हो ।

नयाँ जर्सीलाई माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन । जर्सीको डिजाइनको विजेताले पनि एक लाख रुपैयाँ पुरस्कार पाएका छन ।

जर्सीमा नेपाली सस्कृती झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रंङमा जर्सीको डिजाइन गरिएको छ । भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको भने उपस्थिती रहेको थिएन । आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको बताइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.