add

दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु






ActPro Nepal

|

५ भदौ, २०७८

|
1364

मनाङ । गत असार १ गते आएको बाढीपहिरोले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ । 

राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पु¥याएपछि दुई महिनादेखि विद्युत्विहीन बनेको छ । अहिले सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्थाको काम सौर्य ऊर्जाबाट मात्रै चलिरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताए । उनका अनुसार सौर्य ऊर्जाले चलाइरहेकाले राष्ट्रिय प्रसारण लाइन मर्मत गरी विद्युत् आपूर्ति गर्न मर्मतको काम थालिएको छ । 

सदरमुकाम चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । जिल्लामा लमजुङको मस्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामेको स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इञ्जिनियर मिलन सुवेदीले लगातारको वर्षासँगै आएको बाढीपहिराले प्रसारण लाइन मर्मत कार्य थालिएको बताए । उनका अनुसार बाढीपहिराले प्रसारणमा रु एक करोड ७० लाख बराबरको क्षति पुगेको छ । बाढीले यहाँ जोड्ने राधी हाइड्रो–स्यार्कु ३३ केभी प्रसारण लाइनसहित स्याक्य्रु–चामे ११ केभी र भित्री भागमा ४०० भोल्टका पोल तथा तारमा समेत क्षति पुगेको सुवेदीले जानकारी दिए । 

बाढीपहिराले ३३ केभी लाइनको ८.४ किलोमिटरका ११६ खम्बा र ५.६ किलोमिटरको ११ केभी लाइनका ८८ खम्बामा क्षति पुराएको छ । चार सय भोल्टका ५१ खम्बामा क्षति पुगेको सुवेदीले बताए । बाढीपहिराका कारण विभिन्न ठाउँमा सडक बगाएकाले खम्बा गाड्ने मार्गको पहिचान गर्न सकिएको छैन । 

अहिले बेंसीशहरदेखि तालसम्मको बाटो खुलेसँगै नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाले खम्बा, तार र अन्य निर्माण सामग्री व्यवस्थापन गरी निर्माणस्थलसम्म ढुवानीको प्रक्रिया थालेको प्रमुख सुवेदीले बताए । उनले लाइनमा प्रयोग हुने इन्सुलेटरलगायत अन्य सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया सुरु गरिएको जानकारी दिए ।  

लाइन मर्मत कार्य सुरु भइसकेकाले अबको एक महिनामा सम्पन्न भई जिल्लामा विद्युत् आपूर्ति गरी बिजुली बल्ने उहाँले बताउनुभयो । नासों गाउँपालिका–१ तालगाउँबाट मर्मत सुरु गरेर स्याक्यू, चामे हुँदै भ्राताङसम्म लाइन मर्मत गरिने प्राधिकरणले जनाएको छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.