add

वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ






ActPro Nepal

|

३१ साउन, २०७८

|
747

जाजरकोट । देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् ।

उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको बताइएको छ । माथिल्लो डोल्पामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुने गर्दछ ।

डोल्पोबुद्धका सबै विद्यालय वैशाखदेखि निर्धक्कका साथ पढाइ सुरु भएको स्थानीयवासी पेमा गुरुङले बताए । उनका अनुसार गत वर्षको कोरोना महामारीमा पनि उपल्लो डोल्पामा विद्यालय बन्द गरिएको थिएन । गत वर्ष परीक्षा समयमै भएका थिए ।

डोल्पोबुद्धमा छवटा विद्यालय छन् । छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका केही विद्यालयमा पनि पठनपाठन भइरहेको छ ।

सामान्यरूपमा कोरोना सङ्क्रमण भए पनि खासै असर नपरेको डोल्पोबुद्ध गाउँपालिकाका प्रवक्ता क्याल्पो थापा भोटेले बताए ।

डोल्पामा दुई शैत्रिक सत्रमा पढाइ हुने गर्दछ । उपल्लो डोल्पा कम जनसम्पर्क हुने क्षेत्रका रूपमा स्थापित छ ।

छिमेकी मुलुक चीनमा समेत नाका बन्द भएका कारण खासै समस्या नभएको सर्वसाधारण बताउँछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.