add

बाँकेका प्रहरीको मास्क अभियान,‘तपाईंको मास्क खोइ?’






ActPro Nepal

|

१५ साउन, २०७८

|
1542

नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी गराइरहँदा सर्वसाधारणले भने स्वास्थ्य सावधानी अपनाउन बेवास्ता गरेका छन् ।

बजार निस्कदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने बातावरण बनाउनका लागि पैदलयात्री, सवारीसाधनका यात्रुसँगै व्यवसायीहरूलाई सचेत बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम कृष्ण अधिकारी सहितको टोलिले सडकमा नागरिकलाई अनिवार्य मास्क लगाउन प्रेरित गदै  ‘तपाईको मास्क खाई’ अभियान सुरु गरेका छन्।

नेपालगञ्ज बाँकेमा कोरोनाको जोखिम नहेटकाले जनतालाई सचेत गराउनका लागि प्रहरी लागेको  प्रहरी उपरीक्षक (एसपी) श्याम कृष्ण अधिकारीले बताए।

अधिकारीका अनुसार प्रहरीले सवारीसाधनमा पनि सामाजिक दूरी कायम हुने गरि यात्रु राख्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाउने गरेको बताए। अभियानका क्रममा प्रहरीले मास्क गोजीमा राखेर हिड्ने गरेका, कसैले मुखमा लगाउने मास्क चिउडोमा झुड्याएर हिड्ने गरेका र जानीजानी मास्क प्रयोग नगर्नेहरूलाई सचेत गराउने बताए।

सरकारले लकडाउनमा केहि सहज गरेसगै कोरोना संक्रमणको जोखिम रहे पनि आम नागरिकले सुरक्षा सतर्कता अपनाउन कम गरेकाले मास्क अनिवार्य लगाउनका लागि सचेत गराउनु परेको उनले बताए। त्यसका दिन प्रहरीले बजारका चोकचोक तथा सडकमा दैनिक एक पटक पुगेर सन्देश दिने गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए। 







एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.