add

भारतसँग सातामा तीन उडान गर्ने मन्त्रिपरिषद्‌को निर्णय






ActPro Nepal

|

४ साउन, २०७८

|
657

काठमाडौं । सरकारले भारतसँग सातामा तीन उडान गर्ने निर्णय गरेको छ।यसअघि कोरोना भाइरस संक्रमणपछि हाल भारतसँग सातामा एक मात्र उडान हुँदै आएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको उडान संख्या बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले कोरोना विरुद्धको खोप उपलब्ध गराउने देशलाई धन्यवाद दिने निर्णय समेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

त्यस्तै, सरकारले साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण एवम् व्यवस्थापन ऐनअन्तर्गत  मेलम्ची र मनाङलाई  विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.