add

सामसुङ ग्यालेक्सी एम ३२ बजारमा,यस्ता छन् विशेषता






ActPro Nepal

|

२४ असार, २०७८

|
923

काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा ‘विगमोन्स्टर’ अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ‘ग्यालेक्सी एम३२’ प्रस्तुत गरेको छ।

यो नयाँ स्मार्ट फोनले वास्तवमै नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकतालाई यो सहजै पूरा गर्न सक्दछ। यसमा ९० एचजेड रिफ्रेस रेटको साथ ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलिड रहेको छ।

यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्दछ । यसको स्क्रिन ब्राइटनेस ८००निट्स ले ग्यालेक्सी एम३२ लाई अझै सक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ। यस्तो सुविधा यस अघि एम सिरिजहरुमा उपलब्ध रहेका थिएनन्।

‘हामी सामसङ नेपालमा निरन्तर उत्कृष्ट फिचरहरुका साथ नयाँ नयाँ विशेषता युक्त स्मार्टफोनहरुको विकास गर्न लागि परेका छौं।

यसै सिलसिलामा हामीले मोन्स्टर लेगेसीलाई निरन्तरता दिन नयाँ ह्याच विगमोन्सटरको साथ उपस्थित भएका छौं, जसमा ब्राइटेस्ट तथा अझै शक्तिशाली डिस्प्ले, ६००० एमएएच व्याट्री तथा भर्साटाइट ६४ मेगा पिक्सलको क्वाड रियर क्यामरा रहेको छ। यसको उत्कृष्ट क्यामराले फोटो तथा भिडियोहरु उच्चस्तरीय खिच्ने स्वतन्त्रता प्रदान गर्दछ।

यसमा भएका थुप्रै विशेषताहरुले यो डिभाइस आजका युवा एवं जेनजीहरु माझ अझै लोकप्रिय हुने छ र सोसल मिडिया इन्टरटेन्टमा नयाँ पुस्ताहरुलाई यो फोन उत्कृष्ट सावित हुने विश्वास लिएको छु’ सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले बताए।

विग मुभिज

नयाँ ग्यालेकसी एम ३२ मा ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलिड इन्फिनिटी यू स्क्रिन रहेको छ। ९० एचजेड रिफ्रेस रेटको साथ यसमा भएको एफएचडी प्लस सुपर एमोलिड इन्फिनिटी यू स्क्रिनले मोसन ब्लरलाई अझै कम गर्न सहयोग दिन्छ।

यस फोनमा अनलिमिटेड कन्टेन्ट स्ट्रिमिङ्ग, भिडिओ कल तथा अनलाइन कोर्स लिन थप सहजता प्राप्त हुन्छ। यो समूहमा उच्च ब्राइटनेस यस फोनमा रहेको छ। ८०० निट्सको मोडले चमकिलो सूर्यको प्रकाशमा पनि उत्कृष्ट दृश्याबलोकनको अनुभव प्रदान गर्दछ।

विन्ज अन एन अन

६००० एमएएचको ब्याट्री रहेको छ, जसले गर्दा दिन रात विना अवरोध स्मार्टफोन सञ्चालन गर्न सकिन्छ। यसले २५ वाटको चार्जिङ्गलाई सपोर्ट गर्दछ, त्यसैले यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जर समेत प्रदान गरिएको छ।

यसमा भएको बृहत् ब्याट्रि सुविधाले बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्ति समेत दिने विश्वास लिइएको छ।

यसमा ‘ओक्टा कोर मेडिटेकहेलियो जी८० प्रोसेसर’ रहेको छ यसले पनि मल्टिटास्किङ्गमा थप सहजता प्रदान गर्दछ।

विन्ज अन लाइक्स

यसमा प्रयोगकर्ताले क्लिकको भरमा आफ्नै एल्बम तथा फिड सुनिश्चित गर्न सक्नुहुनेछ। ग्यालेक्सी एम३२ मा २० मेगा पिक्सलको फ्रन्ट क्यामराको साथ ६४ मेगा पिक्सलको क्वाड क्यामेर सेट अप उपलब्ध रहेको छ।

यसले उत्कृष्ट सफा एवं मनोरम सेल्फी कैद गर्न सकिन्छ भने यसका साथै ८ मेगा पिक्सल को अल्ट्रा वाइडल क्यामेरा क्यामराको सहयोगबाट अभूतपूर्व ल्याण्डस्केप लिन सकिन्छ।

त्यसै गरी २ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो लिँदा पनि सफा एवं स्पष्ट फोटो लिन सकिन्छ। यसका साथै प्रयोगकर्ताहरुले यसको डेफ्थ मोडलाई सहजै परिवर्तन गर्न पनि सक्नुहुने छ।

मूल्य तथा उपलब्धता

कालो, निलो, र सेतो गरी ३ आकर्षक कलरहरुमा उपलब्ध यो फोनका दुई भेरियन्टहरु उपलब्ध रहेका छन्। ग्यालेक्सी एम३२ ४/६४ जीवीलाई रु २४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ग्यालेक्सी एम३२ ६/१२८ जीवी भेरियन्टलाई रु २७ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यो फोन मिति २३ असार, २०७८ देखि नेपाल अधिराज्यभरका आधिकारीक सामसङ ब्राण्ड स्टोरहरु तथा रिटेल स्टोरहरुमा उपलब्ध रहने छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.