add

कोका–कोला फाउन्डेशनद्वारा अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न सहयोग






ActPro Nepal

|

२० जेठ, २०७८

|
1614

काठमाडौँ। कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियशनलाई सहयोग गरेको छ ।

यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक हो । यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो ।

नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका युनिट स्थापना गरिने हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा नहुने कोकोकोलाले बताएको छ ।

प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म मागको आपूर्ति गर्न सक्ने बताइएको छ ।

यो नयाँ परियोजनाले २० हजार भन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ्ग अक्सिजनको आपूर्ति गर्नेछ । १८ हजारभन्दा बढी बेडमा एक वर्षसम्म नियमित अक्सिजन आपूर्ति गर्न सकिने छ । साथै, ५ हजारभन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.