add

गहुँको समर्थन मूल्य तोकियो, प्रतिक्वीन्टल कति ?






ActPro Nepal

|

२९ चैत, २०७७

|
1924

काठमाडौं  । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको छ ।

चालू आर्थिक वर्ष २०७७/०७८ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीण्टल तीन हजार एकसय ११ रुपैयाँ तोक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता प्रकाश अर्चायले जानाकारी दिए ।

गत बैशाखमा सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । जुन गत वर्षको गहुँको समर्थन मूल्यको तुलनामा चालू आवको गहुँको समर्थन मूल्य ३.१८ प्रतिशतले बढेको हो ।

मन्त्रालयले कृषकले उत्पादन गरेको बाली वस्तुहरुको उचित मूल्य प्राप्ति सँगै विक्री सुनिश्चतता गरी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ सरकारले धान, मकै, गहुँ, उखू लगायत विभिन्न बालीहरुको न्यूनतम समर्थम मूल्य तोक्दै आएको पनि जनाएको छ ।

गहुँको खेती सबैभन्दा बढी प्रदेश २ मा हुने गरेको छ । आर्थिक वर्ष २०७०/७१ मा ७ लाख ५४ हजार ४७४ हेक्टर क्षेत्रफलमा गहुँ उत्पादन हुन्थ्यो भने आर्थिक वर्ष २०७६/७७ मा क्षेत्रफल घटेर ७ लाख ७ हजार ५०५ हेक्टरमा गहुँ उत्पादन भएको थियो । गहुँको उत्पादन तथा उत्पादन दर क्रमशः घट्ने क्रममा रहेको छ ।

प्रदेश २ मा धान पछिको दोस्रो मुख्य बालीमा गहुँ पर्छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार ८ वटै जिल्लामा गरी १ लाख ७४ हजार १५१ हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रति हेक्टर ३.३५ मेट्रिक टन गहुँ उत्पादन भएको देखिन्छ ।

अध्ययनका क्रममा गुणस्तरहीन बीउमा बढी रोग लागेको देखिएको छ । सिफारिस गरिएका सिन्दुरे रोग प्रतिरोधी जातको बीउ नलगाउँदा पनि बालीमा समस्या देखिएको पाइन्छ । सिन्दुरे रोगले गहुँ बालीमा २५ देखि ३० प्रतिशतसम्म क्षति पुर्याउँदै आएको अनुमान कृषि विज्ञको छ ।

पातमा सिन्दुरको थोपाजस्तो देखिने रोगलाई ‘सिन्दुरे रोग’ भनिन्छ । ढुसीबाट लाग्ने यो रोग लागेपछि प्रकाश संश्लेषण प्रक्रियामा अवरोध पु¥याउँछ, पातले खाना बनाउन पाउँदैन ।

ठीक समयमा गहुँको बीउ छर्ने, रोग प्रतिरोधी भनी सिफारिस गरिएका गहुँका जात लगाउने, मलखादको सन्तुलित प्रयोग गरेर उचित सिचाइँको व्यवस्था गर्ने हो भने प्रकोपबाट बच्न सकिने छ ।

कृषि ज्ञान केन्द्रले विजय, आदित्य, भृकुटी, वाणगंगा, गौतम, एनएल ९७१, बीएल ४३४१ लगायतका जातका गहुँका बाली यसअघि नै सिफारिस गरेको छ ।

जिंक गहुँ १ र जिंक गहुँ २ सिफारिस गरिएका नयाँ जात हुन् । जिंक र आइरनको मात्रा बढी हुने हुँदा यो गहुँको पिठो गर्भवतीको पोषण सुरक्षा सुधार गर्न उपयुक्त मानिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.