काठमाडौं । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको नेपालकी बरिष्ठ सौन्दर्यविज्ञ सुष्मा महराको फेसियल हाउसले रेस्लर एंव समाजसेवी मुना श्रेष्ठलाई सम्मान गरेको छ ।
मंगलबार सिटीसी मलमा एक कार्यक्रमकोबीच फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले साम्मान पत्र सहित सम्मान गर्नुभएको हो ।
श्रेष्ठले गत फागुननमा काठमाडौंमा आयोजित इन्डिया र नेपालको रेस्लिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी हुनु भएको थियो ।
भारतिय खेलाडी लाई हराउँदै रेस्लिङमा उक्त बेल्ट हात पार्नु भएको थियो । सम्मान कार्यक्रममा सौन्दर्यविज्ञ महराले रेस्लिङले महिलाको आत्म विश्वास बढाउने जानाकारी दिनुभयो । आफू सौन्दर्यसँगै समाज सेवामा लाग्दै गर्दा गुण्डाशैलीमा आफूमाथि भएको सांघातिक हमलाको सम्झना गर्दै आफूपनि कराँते वा अन्य खेलमा संलग्न भएको भए प्रतिकार गर्न सक्ने क्षमता , विश्वास रहन्थो भन्दै कार्यक्रममा भन्नु भयो । तिनै गुण्डाले ५ तोलाको सिक्री लुटपाट गर्दा आफुले प्रतिकार गर्न नसक्दा अहिदे रेस्लिङ, करातेको महत्व बुझेको उहाँको भनाई छ ।
फेसियल हाउसबाट सम्मानित भएपश्चात रेस्लर मुनाले अब देशभर खेलाडी जन्माउने अभियानमा लाग्ने बताउनु भएको छ । उहाँले फेसियल हाउसबाट आफुले यस किसिमको सम्मान पाउँदा अझै हौसला जागेको बताउनु भयो ।
फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले सेवासँगै युवाहरुमा सीप हस्तान्तरणलाई पनि जोड दिँदै आउनु भएको छ । फेसियल हाउसले अन्तर्राष्ट्रिय स्तरको फेसियल हाउस ब्युटि एकडेमी समेत सञ्चालन गरिसकेको छ । सुन्धारास्थित सिटिसी मलमा सञ्चालित उक्त सम्भवतः नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरका एकेडेमी हो । महराका अनुसार फेसियल हाउस ब्युटि एकेडेमीबाट ज्ञानसीप हासिल गरेकाहरुले नेपालको साथै युरोप तथा अमेरिकामा समेत रोजगारी प्राप्त गरिरहेका छन् ।
२०५५ सालमा काठमाडौं मलमा स्थापना भएको फेसियल हाउस लेडिज एण्ड जेन्ट्स सैलून नेपालकै एउटा अग्रणी सैलूनको रुपमा स्थापित भइसकेको छ । फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ ।
टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण (आइ लाइसिस एक्सटेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।
फेसियल हाउस काठमाडौं भित्र भएका ब्युटि सैलूनहरु मध्येकै उत्कृष्ट सैलून अन्तर्गत पर्दछ । फेसियल हाउसले ब्युटि ट्रेनिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।