add

कफी र चियाको निर्यात बढ्यो ,आठ महिनामा साढे ८ अर्बको निर्यात हुँदा ६ अर्बको आयात






ActPro Nepal

|

१० चैत, २०७७

|
1800

काठमाडौं । नेपालबाट निर्यात हुने वस्तु तथा सामाग्रीहरुको सूचीमा पछिल्ला वर्षहरुमा कफी तथा चियाको मात्रा बढिरहेको छ ।

चालू आर्थिक वर्षमा ८ अर्ब ५८ करोडको चिया तथा कफी निर्यात भएको छ ।

भन्सार विभागको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांक अनुसार गएको ८ महिनामा ८ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बराबरको चिया/कफी निर्यात भएको हो ।

यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा २ अर्ब बढी हो । आर्थिक वर्ष २०७६/७७ को फागुन महिनासम्म ५ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबरको चिया तथा कफी निर्यात भएको थियो ।

आयात घट्यो

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चिया/कफीको आयातमा पनि कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षको फागुन मसान्तसम्म कुल ७ अर्ब १० करोड ९२ लाख रुपैयाँ बराबरको चिया तथा कफी आयात भएकोमा चालु आर्थिक वर्षको सोही समयमा ६ अर्ब १९ करोड ९३ लाख रुपैयाँ बराबरको मात्रै चिया तथा कफी आयात भएको छ ।

नेपालबाट कफी अस्ट्रेलिया, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, इटली लगायतका यूरोपेली मुलुकहरुमा निर्यात हुने गरेको छ । त्यस्तै कतार, जापान, कोरिया, अमेरिका, सिंगापुर, थाईल्याण्ड जस्ता मुलुकहरुमा जाने गरेको छ ।

नेपालको चियाको बजार हेर्दा बेल्जियम, फ्रान्स लगायतका केहि यूरोपेली मुलुकहरु छन भने चेक रिपब्लिक, कोरिया, जापान, क्यानाडा, अमेरिका, रसिया, चीन, सिंगापुर, कतार, यूएई जस्ता देश अरुमा निर्यात हुने गरेको छ ।

कफी तथा चिया आयात हुने मुलुकहरुमा भने चीन, भारत, थाईल्याण्ड, बेलायत, ब्राजील, मलेशिया, श्रीलंका, कोरिया, चेक रिपब्लिक, यूएई, जस्ता मुलुकहरु रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.