add

अमेजनको वन विनाश १२ वर्षयताकै उच्च विन्दुमा, विश्वव्यापी तापक्रम अझै बढ्ने






ActPro Nepal

|

१७ मंसिर, २०७७

|
1417

काठमाडौं । विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्तै महत्वपूर्ण मानिने अमेजनको वनजङ्गल क्षेत्र तीव्र गतिमा विनाश भइरहेको तथ्याङ्कहरूले देखाएका छन् ।

यो गति विगत १२ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । ब्राजिलको अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् । दशलाख जनजातिय समुदायको बसोबास छ ।

त्यहाँ वनजङ्गल विनाश सन् २००८ यताकै उच्च विन्दुमा पुगेको अन्तरिक्ष निकाय आइएनपीईले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।

भू-उपग्रहबाट लिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र झण्डै ११ हजार वर्ग किलोमिटरको जङ्गल सखाप भएको देखिएको छ ।

अमेजन वन क्षेत्रलाई विश्वकै महत्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ र यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्ने गर्छ । शुकम्यान भन्छन् बोल्सोनारु विकासको वाचा गर्दै निर्वाचित भएका थिए। उनी खानी तथा कृषिको प्रबर्धनमा केन्द्रीत छन्।

तर वातावरण वैज्ञानिकहरू भन्छन् त्यहाँ रहेका अर्बौँ रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका छन् जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै तेज हुनसक्छ।

त्यहाँ रहेका अर्बौँ रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका र जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै बढेर जान सक्ने वातावरण वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.