add

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ११ अर्ब १० करोडको मोबाइल भित्रियो






ActPro Nepal

|

१३ कार्तिक, २०७७

|
1679

काठमाडौं । प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। पछिल्लो समय रहरले भन्दापनि बाध्यताले नेपालीहरुमा मोबाइलको मोह बढेको देखिन्छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण मोबाइलको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ११ अर्ब १० करोड १२ लाख रूपैयाँको मोबाइल भित्रिएको छ।

यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा ३ अर्ब ९१ करोड रूपैयाँले बढी हो।

तथ्याङ्कअनुसार साउनदेखि असोजसम्मको अवधिमा उक्त परिमाणको १५ लाख सेट मोबाइल नेपाल भित्रिएको हो।

विभागका अनुसार तथ्यांक अनुसार साउन महिनामा ४ अर्ब १८ करोड रूपैयाँ मूल्य बराबरको ४ लाख ६७ हजार गोटा मोबाइल सेट आयात भएको थियो । भदौं महिनमा दुईगुणा भन्दा बढीले वृद्धि भएको तथ्याङमा उल्लेख छ ।

पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै जानु कोरोना महामारीको कारण अनलाइन कक्षा सञ्चालन हुनुले नै मोबाइलको माग बढेको व्यापारीको दाबी छ ।

एकै परिवारमा अलग-अलग कक्षामा पढ्ने विद्यार्थीको पढ्ने समय एकै हुनाले एक परिवारमा आवश्यक भन्दा बढी मोबाइल किन्नु पर्ने बाध्यता रहेको छ । अनलाइन क्लासका साथै जुममार्फत हुने विभिन्न भर्चुअल बैठक र सेमिनारमा पनि मोबाइलको प्रयोग बढि हुने गरेको छ ।

नेपालले बढी मोबाइल नेपाल आयात गर्नेमा चीन, भारत र भियतनाम रहेका छन् । चीनबाट मात्रै यस अवधिमा ७ अर्ब ७ अर्ब ६ करोड ३१ लाख रूपैयाँको मोबाइल आयात भएको विभागले जानकारी दिएको छ।

यस्तै, भारतबाट ३ अर्ब ५४ करोड ६८ लाख रूपैयाँको, भियतनामबाट ४३ करोड ४८ लाखको, युएईबाट ११ करोडको र कोरियाबाट २ करोड ८६ लाख रूपैयाँको मोबाइल आएको विभागको तथ्यांक छ।

साथै, अमेरिकाबाट ७२ लाखको, बेलायतबाट ११ लाखको र जापानबाट १८ लाख रूपैयाँको मोबाइल भित्रिएको छ।

मोबाइलको विकाससँगै यसले अरू विद्युतीय माध्यमलाई विस्थापित गर्दै गइरहेको छ।

मोबाइलमा नै रेडियो, क्यामेरा, घडी, टर्चको सुविधा विकास भएपछि यी सामग्रीको प्रयोग कम हुँदै गएको छ । त्यस्तै भारत, भियतनाम, हङ्कङ, जापान, कोरिया, मलेसिया लगाएतका देशबाट समान्य रुपमा मोवाइल सेट नेपाल आयात भएका छन् ।

बालकदेखि वृद्धसम्म सबै किसिमको जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल मानवजीवनको अभिन्न अंगजस्तै पर्यायवाची बन्दै गएको छ।

नेपालमा पनि नयाँ नयाँ मोबाइल आयात हुँदै गएका छन्। रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट पनि मोबाइलको आयात बढ्दो क्रममा रहेको अवस्था छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.