add

गलैंचाको व्यापार ८० प्रतिशतले घट्यो






ActPro Nepal

|

१९ असोज, २०७७

|
794



काठमाडौं । बन्दाबन्दीको शुरुआतदेखि नै ठप्प रहेको गलैंचा उद्योगको व्यापार ८० प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारसमेत प्रभावित भएकाले गलैंचाको मागमा समेत कमी आएको छ । नियमित उडान खुलिसकेको अवस्थामा समेत अन्तरराष्ट्रिय बजारमा गलैंचाको माग नहुँदा व्यापार घटेको छ र निर्यात पनि प्रभावित बन्न पुगेको छ ।

नेपालमा उत्पादित गलैंचाको निर्यात अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, क्यानडा, बेल्जियम र अस्ट्रेलियालगायत ५० भन्दा बढी मुलुकमा हुने गर्छ । यसमध्ये करीब ७० प्रतिशत गलैंचा अमेरिकामा निर्यात हुने गरेको छ । तर, अमेरिका कोरोना महामारीको ठूलो चपेटामा परेका कारण नेपाली गलैंचाको व्यापारमा नराम्रोसँग धक्का पुगेको हो ।

बन्दाबन्दीका समयमा नियमित उडान बन्द हुँदा सीमित मात्रामा माग भएका गलैंचाको निर्यात चार्टर उडानमार्पmत गर्नु पर्दा उद्यमी व्यवसायीहरूलाई महँगो परेको थियो । तर, हाल नियमित उडान खुला भए पनि व्यवसायीहरूले सामान्य अवस्थाको तुलना करीब ३ प्रतिशत बढी भाडा तिर्नु परेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष तेन्जिङ शेर्पाले बताए ।

उनका अनुसार यसअघि अमेरिकी मुलुकमा गलैंचा निर्यात गर्दा प्रतिकिलो भाडादर करीब ४ डलर पर्ने गरेकोमा हाल १२ डलरसम्म पर्ने गरेको छ । त्यसैगरी यूरोपेली मुलुकमा प्रतिकिलो ३ डलर पर्नेमा अहिले ९ डलरसम्म पर्ने गरेको छ ।

अहिले करीब ७० प्रतिशत गलैंचा उद्योगले क्षमताको ३० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् । उत्पादन घटेसँगै उद्योगमा काम गर्ने ३ लाखभन्दा धेरै कामदारसहित गलैंचा उद्योगमा आबद्ध ७ सय उद्योगी र १ सय ५० भन्दा बढी निर्यातकर्ता व्यवसायी नराम्ररी प्रभावित बन्न पुगेका छन् । संघका अध्यक्ष रामबहादुर गुरुङले गलैंचा उद्योगहरू आप्mनो कुल क्षमताको ६० प्रतिशतसम्म चल्न सक्ने स्थिति भएमा पनि केही राहत हुन सक्ने बताए ।

यसको व्यापार अन्तरराष्ट्रिय बजारको मागमा निर्भर रहने भएकाले अहिले उत्पादन क्षमता बढाएर काम गर्ने र व्यापार बढाउन सक्ने अवस्था नरहेको उनले बताए । महीनौं दिनदेखि उत्पादन तथा निर्यात प्रभावित हुँदा कामदारहरूलाई काम दिन सक्ने अवस्था नहुँदा कामदारहरूको अवस्था दिनदिनै दयनीय बन्दै गएको संघले जानकारी
दिएको छ ।

नेपाली गलैंचा महँगो हुने भएका कारण अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा पनि यसको मागमा कमी आएको निर्यातकर्ताहरूको भनाइ छ । -  आर्थिक अभियान दैनिक


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.