नेपालमा चङ्गापनि आयातकै भर, दशैँका लागि मात्र २ करोडको आयत

नेपालमा चङ्गापनि आयातकै भर, दशैँका लागि मात्र २ करोडको आयत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा संस्कृती बोकेको चाडपर्वमा विशेषगरि चङ्गा उडाउने प्रचलन हजारौँ वर्ष अघिदेखि शुरू भएको हो । यस संस्कारलाई जोगाउन चङ्गा वर्षेनी भारतबाट आयात हुने गरेको छ । 

विगतमा मानिसहरू धेरै मोबाइल, ट्याब लगायतका सामाजिक सञ्चालमा व्यस्त हुने भएकाले चङ्गाको मोह घट्दै गएको छ । 

भन्सार विभागका तथ्यांक अनुसार चालू आर्थिक वर्षमा करोडको हाराहारीमा चङ्गा आयात हुने गरेको छ । नेपालमा दशैँका लागि मात्र विगतका समयमा २ करोड बढिको रकमको चङ्गा आएको हुने गरेको छ । 

चङ्गा खेलौनाहरू अन्तर्गत आयात हुने गरेको छ । खेलौना अन्तर्गत यो चालू आर्थिक वर्षको २ महिनामा ७ करोड ७ लाख रुपैयाँ बराबरको आयात भएको छ । गत वर्ष सोही अवधिमा १५ करोड ४८ लाख रुपैयाँ बराबरका सामग्री आयात भएका थिए ।

गत वर्ष कुल ५६ करोड १५ लाख रुपैयाँ बराबरका सामग्रीहरू आयात भएका थिए । यसै सामग्री अन्तर्गत २० प्रतिशत सामान दशैँका लागि भनेर चङ्गा, लट्टाई, धागो आयात हुने गरेका छन् ।

चङ्गा उडाउने लट्टार्ई नेपालमै बन्ने गर्छन । केही भारतबाट पनि आयात हुने गरेका छन् । नेपाली लट्टार्ई ३०० रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पर्छ । नेपालमा घरेलु उद्योगहरूबाट लट्टाई बन्ने गरेको छ । चङ्गा धेरै उडाउनेले नेपाली लट्टार्ई नै रोज्ने गरेका छन् । भारतीय लट्टार्ई बच्चाहरूले प्रयोग गर्छन् ।

Recent Comments

No comments to show.