add

त्रिविमाहुने ‘हल्ट प्राइज’ अवार्डको लागि २४ सदस्यीय कमिटी गठन, पुरस्कार राशी १ मिलियन अमेरिकी डलर






ActPro Nepal

|

१२ असोज, २०७७

|
2396

काठमाडौं ।  यस वर्षको ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयमा हुने भएको छ। 

विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने सो कार्यक्रम त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान हेटौंडाले  सञ्चालन गर्न लागेको हो ।  

उक्त कार्यक्रम वन विज्ञान अध्ययन संस्थानले  पहिलो पटक गर्न लागेको हो । विद्यार्थीहरुका लागि नोवेल पुरस्कारका रुपमा चिनिने हल्ट प्राइजका प्रथम विजेताले पुरस्कार स्वरुप १ मिलियन अमेरिकी डलर जित्नेछन् ।

वन विज्ञान अध्ययन संस्थानमा पहिलो पटक हुन गईरहेको यस कार्यक्रम संचालनको लागि क्याम्पस निर्देशक आयुष भट्टराईको नेतृत्वमा २४ सदस्य कमिटि गठन गरिएको छ ।

हल्ट प्राइज एक वार्षिक कार्यक्रम हो । हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले दीगो विकास लक्ष्य SDG मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै चुनौती घोषणा गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरु आफु प्रस्तुत हुनु पर्नेछ ।

सामाजिक रुपान्तरणको लागि हल्ट प्राइज एक उत्कृष्ट स्टार्ट अप प्लेटफर्म हो । यसका चार चरणहरु हुन्छ । हल्ट प्राइज कार्यक्रमको पहिलो खुड्किला भनेर चिनिने "अन क्याम्पस प्रोग्राम" हो । 

सो प्रोग्राम वन विज्ञान अध्ययन संस्थान हेटौंडामा हुन गइरहेको छ । यस प्रतियोगितामा नेपाल भरिका त्रिभुवन विश्व विद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थानका सम्पूर्ण सम्वन्धन प्राप्त क्याम्पसमा अध्ययनरत Bachelors र Masters का विद्यार्थीहरुले भाग लिन पाउनेछन् । हरेक टोलीले तीन वा चार जनाको समूह बनाई सहभागीता जनाउन सक्नेछन् । 

दोश्रो चरणमा अन क्याम्पस प्रोग्रामको विजेतालाई "हल्ट प्राइज दि रिजनल" मा पदोन्नती गरिन्छ । फेरी सहभागी संसारभर टोलीहरसंग प्रतिष्पर्धा गर्नेछन् र त्यहँबाट क्षेत्रीय विजेता हल्ट प्राइजद्बारा चयन गरिनेछ ।

अर्को चरण "एक्सिलेरेटर" कार्यक्रम हो जुन ७ देखि ८ हप्ताको हुन्छ । यहाँ टोलीहरुको विचारलाई लगानी तयारीमा रुपान्तरण गर्न मद्दत गरिन्छ । 

अन्त्यमा प्रतिष्पर्धीहरु "ग्लोबल" मा पुग्छन र त्यहाँका विजेता १ मिलियन अमेरिकी डलरबाट पुरस्कृत हुनेछन् ।  

विश्वभरिबाट सहभागी हुने यस कार्यक्रममा २ हजार भन्दा वढी विश्व विद्यालयहरुबाट ३ लाख भन्दा धेरैले सहभागिता जनाउने गरेका छन् ।

यस वर्षको चुनौतीको शीर्षक "Food for Good" (Transforming food into a vehicle for change)  रहेकोले वन विज्ञान अध्ययन संस्थानमा आवद्ध सम्पूर्ण विद्यार्थीहरुलाई हल्ट प्राइज बारे स्पष्ट गराउने उद्बेश्यले थुप्रै जानकारीमूलक कार्यक्रमहरु भइरहेको छ ।

अहिलेको विशम परिस्थितिको वावजुत पनि उक्त कार्यक्रम सफलतापूर्वक संचालन गर्ने प्रतिवद्धता हल्ट प्राइज वन विज्ञान अध्ययन संस्थानका क्याम्पस निर्देशक भट्टराईले व्यक्त गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.