add

महासंघले अति प्रभावित जिल्लालाई १ लाखका दरले राहत दिने






ActPro Nepal

|

१४ असोज, २०८१

|
106

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बाढीपहिरोबाट अति प्रभावित जिल्लाहरुलाई ११ लाख रुपैयाँ हार्थिक् सहयोग गर्ने भएको छ ।

संघले विपदको घडीमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गर्न लागेको हो ।

जिल्ला उद्योग वाणिज्य संघमार्फत अति प्रभावित जिल्लालाई १÷१ लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने महासंघले जनाएको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिनेछ ।

यस्तै, महासंघले विपदको समयमा आ आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह गरेको छ ।

यसैगरी, बाढि पहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघ आफ्ना सम्पूर्ण सदस्यहरुमा आह्वान गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.