add

आइएमई इलेक्ट्रीक ६ महिनामै ‘मोटुल इन्डिया एलिट क्लब’मा समावेश






ActPro Nepal

|

२७ असार, २०८१

|
83

काठमाडौं । नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आइएमई इलेक्ट्रिक ‘मोटुल इन्डिया एलिट क्लब’ समावेश भएको छ ।

नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री वितरण सुरू गरेको ६ महिनामै आइएमई एलिट क्लबमा प्रवेश गर्न सफल भएको हो ।

आइएमई इलेक्ट्रिक आइएमई ग्रुप अन्तर्गतको सहायक कम्पनी हो । यसले २०२३ डिसेम्बरदेखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री सुरू गरेको थियो ।

नेपाली बजारमा उल्लेखनीय उपलब्धि हासिल गरे बापत मोटुल इन्डियाले आइएमईलाई सो प्रतिष्ठित एलिट क्लबमा सहभागी गराएको हो ।

मोटुल इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा एलिट क्लब कन्फ्रेन्स सम्पन्न गरेको थियो । जहाँ भारत, नेपाल, बंगलादेश र श्रीलंकाका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहभागी थिए । असाधारण रुपमा कार्यमा समर्पित भएर बिक्री बढाए बापत डिष्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो ।

आइएमई मोटर्स तथा आइएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले एलियट क्लबमा पुग्नु आइएमई इलेक्ट्रिक टिमले गरेको कठिन कार्य, समर्पण र असाधारण प्रदर्शनको परिणाम भएको बताए ।

‘म मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश हुन पाएकोमा सम्मानित र खुसीको अनुभव गरेको छु । यो हाम्रो सम्पूर्ण टिमले गरेको कठिन कार्य, समर्पण र असाधारण प्रदर्शनको परिणाम हो । प्रतिष्ठित साथीहरूका बीचमा सम्मानित हुन पाउनु नै एक महत्वपूर्ण उपलब्धी हो,’ उनले भने, ‘यो सम्मानले हाम्रो उद्योगमा गरिएको उत्कृष्टता र नवीनताप्रतिको प्रतिबद्धतालाई अझै सुदृढ बनाउँछ । आगामी दिनमा हाम्रो यो साझेदारी निरन्तर रहने छ । र, अझै ठूला उपलब्धिका लागि साथै मिलेर काम गर्न तत्पर रहने छु।’

विश्वव्यापी रुपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो । जसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ ।

विगत १५० वर्षदेखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायवाची बनेको छ । मोटुलले कमर्सियल भेहिकल, कार, मोटरसाइकल, थ्री ह्वीलर, ट्रयाक्टर र इन्डष्ट्रियल सेक्टरका लागि हाई(पर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.