add

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो






ActPro Nepal

|

२३ वैशाख, २०८१

|
139

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १०९.६५ प्रतिशतले बढेको हो ।

सिद्धार्थ प्रिमियरले चालु वर्षको चैत मसान्तसम्म ५९ करोड ७१ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आव सोही अवधिको तुलनामा ३१ करोड २३ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष चैतसम्म २८ करोड ४८ लाख २ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा उल्लेख्य सुधार आउँदा खुद नाफा बढेको हो ।

चालु वर्षमा कम्पनीको कुल बीमा शुल्क संकलन १ अर्ब ८ करोडले बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । चैतसम्म कम्पनीले ऋण तथा लगानीबाट हुने आम्दानी ७१.९८ प्रतिशतले बढेर ५२ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

हाल २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम कोषमा ४ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ संचित छ । कम्पनीको रिटेन्ड अर्निङमा ७१ करोड २ लाख रुपैयाँ र महाविपत्ती कोषमा १६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.६८ रुपैयाँबाट बढेर २८.३७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २५४.५९ रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.