add

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी






ActPro Nepal

|

२२ वैशाख, २०८१

|
85

काठमाडौं । भारतको भुक्तानी सेवाप्रदायक फोनपेले नेपालमा सञ्चालित आफ्नो सेवाहरू सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फोनपेले युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई)मार्फत नेपालमा दिइरहेको सेवाबारे जानकारी दिएको हो ।

यूपीआई भारतको सरकारी रियल टाइम अर्थात् तत्काल लेनदेन सुविधा उपलब्ध गराउने प्रणाली हो । नेपालको भुक्तानी प्रणाली सञ्चालक फोन पेको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपालको फोन पे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रमा यूपीआईको भूमिकाको समेत सम्भावना रहेको बताएका छन् ।

कार्यक्रममा नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर (सीमापार वा अन्तरदेशीय) भुक्तानीको प्रभावबारे पनि ‘प्यानल डिस्कसन’ भएको थियो । जसमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र एसियाली विकास बैंक (एडीबी)का आईसीटी÷एमआईएस कन्सल्टेन्ट विवेक राणा प्यानलिस्ट थिए ।

सोक्रममा क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रमा पार्ने प्रभावबारे छलफल भएको थियो । अन्तर्राष्ट्रिय लेनदेनमा नियामकीय अवरोधको सहजीकरण, अनुपालन, नेपालको पर्यटनमा यूपीआईको सदुपयोगदेखि अन्तरदेशीय भुक्तानी सेवाप्रदायकको राजस्व प्रवाहबारे छलफल भएको थियो ।

भारतको फोनपेका कार्यकारी अधिकृत रितेश पाईले कार्यक्रममा नेपालमा उपलब्ध सेवाबारे जानकारी दिए । भारतको यूपीआईबाट सञ्चालित फोनपेले नेपालको पर्यटन र नेपाली व्यापारी दुवैलाई फाइदा हुने उनको भनाइ छ । भारतीय पर्यटनका लािग लोकप्रिय गन्तव्य भएको बताउँदै भारतीय बजारको सफलता फोनपेले नेपालमा पनि दोहो¥याउन सक्ने पाईको विश्वास छ ।

नेपालका पर्यटकीयस्थल, खुद्रा स्टोर, धार्मिकस्थल र अन्य ठाउँमा यूपीआई प्रयोग भएका एपबाट भारतीय पर्यटकले नेपालके फोनपेका क्यूआरमा सजिलै भुक्तानी गर्नसक्ने उनले बताए । फोनपे र भारतको नेसनल पेमेन्ट कर्पाेरेसन अफ इन्डिया (एनपीसीआई) इन्टरनेसन पेमेन्ट्स लिमिटेडबीचको सहकार्यले यो सेवा नेपालमा सुरू भएको हो ।

विभिन्न बैंक र वालेटलाई फोनपेले यसरी भुक्तानी प्राप्त गर्नसक्ने सुविधा उपलब्ध गराइसकेको जनाएको छ । चाँडै नै नेपालबाट भारत जाने पर्यटकले त्यहाँ पनि यसरी नै क्यूआरमार्फत भुक्तानी गर्नसक्ने फोनपेको भनाइ छ ।

कार्यक्रममा एनपीसीआईका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले नेपालमा फोनपेसँग सहकार्य गरी यो सेवा सञ्चालन गर्न पाएको खुसी व्यक्त गरे ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नेपालमा क्रस बोर्डर भुक्तानी ल्याउने चार वर्षको यात्रा सफल भएको भन्दै खुसी व्यक्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.