add

२४ खर्ब नजिक सार्वजनिक ऋण






ActPro Nepal

|

४ वैशाख, २०८१

|
157

काठमाडौं । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

जसमा आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब रुपैयाँ र बाह्य ऋण १२ खर्ब ६ अर्ब रुपैयाँँ रहेको छ । गत असारसम्म सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षको ९ महिनामा मात्र सार्वजनिक ऋणको सावाँब्याज बापत २ खर्ब ९ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

जसमा आन्तरिकतर्फ १ खर्ब ७५ अर्ब ४० करोड रुपैयाँ र बाह्यतर्फ ३३ अर्ब ७४ करोड भुक्तानी गरेको कार्यालयको तथ्यांक छ ।

सरकारले चालु आवमा ब्याज मात्रै ५६ अर्ब ६५ करोड रुपैयाँ तिरेको छ । यस्तै, १ खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ ।

९ महिनामा २ खर्ब ९ अर्ब साँवा ब्याज भुक्तानी गरेको सरकारले सोभन्दा धेरै ऋण लिएको छ । कार्यालयका अनुसार चैतसम्म सरकारले आन्तरिक रबाह्य गरी कुल २ खर्ब ३८ अर्ब ९३ करोड रुपैयाँ ऋण लिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.