add

मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर, महंगीको धेरै भार भान्छामा






ActPro Nepal

|

१ असोज, २०८०

|
246

काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्रहरु मजबुत बन्दै गएको छ । गत आर्थिक वर्षदेखि अर्थतन्त्रका आन्तरिक सूचकहरु कमजोर बन्दै गए पनि बाह्य सूचकहरु भने झन्झन् बलियो बन्दै गएको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तथ्यांकले विदेशी मुद्रा संचिति, व्यापार घाटा, शोधान्तरस्थिति, चालुखाता, रेमिट्यान्स आप्रवाह लगायत सूचकमा सुधार आउँदा बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको हो ।

बाह्य सूचक बलियो बन्दा आन्तरिक सूचकमा भने सुधार आउन नसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अहिले पनि मूल्य वृद्धि सरकारको नियन्त्रण बाहिर छ भने कर्जा लगानी अति न्यून छ । साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ ।

गत वर्षदेखि उच्च रहँदै आएको मूल्यवृद्धि अझै नियन्त्रणमा आउन सकेको छैन । राष्ट्र बैंकका अनुसार गत साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.३४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १२.५८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.१३ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.