add

ईसेवामा विदेशबाट पैसा पठाउँदा काठमाडौंमा घर पाइने






ActPro Nepal

|

१ असोज, २०८०

|
198

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायले कम्पनीले यो अभियान सुरु गरिएको हो।

यस अभियान अन्तर्गत विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउँदा लक्की ड्रबाट एकजनाले काठमाडौंमा एउटा घर जित्ने अवसर पाउने छन् ।

यो योजना असोज १ गतेदेखि २०८१ असार ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको ईसेवा वालेटमा पैसा पठाई सहभागीता जनाउन सक्ने छन् । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् ।

एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति प्रशंसाको प्रतिक रहेको बताए ।

‘यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो। प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं। साथै ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइनेछ। यसबाहेक, हामीलाई थाहा छ रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्वपूर्ण हिस्सा पनि हो। यो योजना मार्फत, हाम्रो उद्देश्य नेपाली नागरिकको आकांक्षा पूरा गर्ने हो जसले आफ्नो परिवारमा खुशी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउन लगनशील भई काम गरिरहेको छ,’ उनले भने ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने बताए ।

‘ईसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यम बाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए । ‘यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।

ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2023. ALL RIGHTS RESERVED.