add

स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छ : मुख्यसचिव बैरागी






ActPro Nepal

|

१ चैत, २०७९

|
418

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ ऊर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन्।

बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताएका हुन्।

उनले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ ऊर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताए।

उनले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताए। मुख्यसचिव बैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौति रहेको समेत बताए।

उनले स्वच्छ ऊर्जा छ भन्दैमा आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने सुझाए। उनले सरकार उपभोक्ताकर्मीहरूसँग छलफल गर्न तयार रहेको बताए।

उनले उपभोक्ता अधिकारका लागि बनेका कानुनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए।

उनले उपभोक्ता अधिकारको विषय संघ, प्रदेश, स्थानीय तह र अधिकारकर्मीहरूको साझा विषय भएको भन्दै समन्वय गरेर जानुपर्ने बताए।

उनले शहरको राम्रो कोठामा बसेर उपभोक्ता अधिकारका राम्रा कुरा गरेपनि दूरदराजमा बस्ने नेपालीहरू उपभोक्ता अधिकार र हकको विषयमा पूर्ण रुपमा जानकारी नभएको बताए।

त्यस्तै,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताए।

उनले सरकारले सचेतना गरिदिने काम मात्रै भएको बताए। उनले उपभोक्ता अधिकारका लागि सबैभन्दा ठूलो निरीक्षणकर्ता भनेको नागरिक आफैं भएको उल्लेख गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.