add

नेपाल टेलिकमको नाफा १७ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी ४६.५६ रुपियाँ






ActPro Nepal

|

३० साउन, २०७९

|
511

काठमाडौं । नेपाल टेलिकमले खुद नाफा सवा १ अर्बले बढाउन सफल भएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १७.५४ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म टेलिकमले ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब २६ करोड रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै नाफामा सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी ५.४४ प्रतिशत बढेर ३३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य आम्दानी २.५१ प्रतिशत बढेर ६ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड रुपैयाँ सञ्चित छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने केही घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९७ पैसा घटेर ४६.५६ रुपैयाँमा झरेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.