add

२८ प्रतिशतले बढ्यो शिखर इन्स्योरेन्सको खुद मुनाफा, बिमा शूल्क १ अर्ब ३९ करोड






ActPro Nepal

|

३० साउन, २०७९

|
407

काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २८.९३ प्रतिशतले बढेको छ ।

शिखरले गत असार मसान्तसम्म ४० करोड १४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीले ३१ करोड १३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुनर्बीमाबाट हुने कमिसन र अन्य स्रोतबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफामा सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिसनबाट ६७ करोड र कर्जा लगानी तथा अन्य आयबाट १० करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १६.५८ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.५० प्रतिशतले बढेर १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीले ९७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २३ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ।

हाल २ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ३९.४३ प्रतिशतले बढेर ७० करोड ९७ लाख रुपैयाँ पुगेको छ । यस्तै, महाविपत्ति कोषमा ११ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.८० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५४.४० रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.