add

शिवम् सिमेन्ट्सको नाफामा उच्च गिरावट, प्रतिसेयर आम्दानी पनि घट्यो






ActPro Nepal

|

३० साउन, २०७९

|
412

काठमाडौं । शिवम् सिमेन्ट्सको खद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५१.२० प्रतिशतले घटेको छ ।

गत असार मसान्तसम्म कम्पनीले ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ करोड कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी घट्नुका साथै खर्च बढेका कारण नाफामा उच्च गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३.६९ प्रतिशत घटेर ९ अर्ब २६ अर्बमा सीमित भएको छ । त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी २.१७ प्रतिशत घटेर ९ अर्ब ४५ करोडमा सीमित भएको छ ।

समीक्षा अवधिमा क्रम्पनीको कुल खर्च ८.४४ प्रतिशत बढेर ८ अर्ब ६३ करोड पुगेको छ । कम्पनीकाृ अन्य आम्दानी भने ३२१.५२ प्रतिशत बढेर १९ करोड रुपैयाँ पुगेको छ ।

हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैयाँ छ । समीक्षा अवधिमा जगेडा कोष १०.६० प्रतिशत घटेको छ।

नाफामा उच्च गिरावट आएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६.४४ रुपैयाँले घटेर १५.६७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.५० गुणा रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.