add

आदर्श लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा






ActPro Nepal

|

१३ असार, २०७९

|
772

काठमाडौं  । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन खुला गरेको साधारण शेयर आइपीओ बाँडफाँड भएको छ।

विक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय सोमवार विहान ९ बजे आइपीओ बाँडफाँड भएको छ । आइपीओमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ।

आदर्श लघुवित्तले गत असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँबराबरको आइपीओ विक्री गरेको थियो। संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो।

जसमध्ये ५ प्रतिशतले हुने ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुने १ हजार ३५ कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको थियो ।

बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणलाई आवेदन दिने व्यवस्था गरिएको थियो। मागभन्दा बढी आवेदन परेकै कारण आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट भाग्य ६ हजार २६१ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता शेयर पाएका छन् । बाँकी १८ लाख बढी आवेदकको हात खाली भएको छ ।

यसरी हेर्नुहोस् नतिजा

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।

यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.