add

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेलको मूल्यमा अस्वाभाविक वृद्धि






ActPro Nepal

|

१२ असार, २०७९

|
650

काठमाडौं । दैनिक उपभोग्य वस्तु खाने तेलको मूल्य निरन्तर रुपमा बढिरहेको छ। नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार दुईवर्ष अघिको तुलनाका खाने तेलको मूल्य दोब्बर भन्दा धेरैले बढेको छ ।

दुईवर्ष अघि(२०७७) मा प्रतिलिटर १ सय ६५ रुपैयाँको हाराहारीमा विक्री भइरहेको सनफ्लावर तेलको मूल्य अहिले बढेर प्रतिलिटर ३ सय ५० रुपैयाँ पुगेको छ।

गत वर्षको तुलनामा भने प्रतिलिटर १५० रुपैयाँ बढेको छ । समग्रमा दुई वर्षको अन्तरालमा सनफ्लावर तेलको मूल्य १८५ रुपैयाँले बढेको तथ्यांकले देखाएको छ ।

बजार सनफ्लावर तेलका विभिन्न ब्रान्ड छन्। ब्रान्ड अनुसार ५ रुपैयाँ देखि १० रुपैयाँसम्म फरक रहेको छ।

तोरीको तेलको मूल्य पनि बढेको छ। गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै १४० रुपैयाँ भन्दा बढी मूल्य बढेको हो ।

२०७७ सालमा प्रतिलिटर १८० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य अहिले ३८० रुपैयाँ पुगेको । उक्त मूल्य अघिल्लो वर्ष यस अवधिमा २४० रुपैया रहेको थियो ।

भटमासको तेलको मुल्य पनि दोब्बरले नै बढेको छ । २०७७ सालको यसै अवधिमा १५० रुपैयाँ रहेको भटमासको मूल्या प्रतिलिटर ३५० रुपैया पुगेको छ । अघिल्लो वर्ष यसै अवघिमा २२० रुपैयाँ रहेको छ ।

घिउको मूल्य प्रतिकेजी ४ सय रुपैयाँ मंहगिएको छ । २०७७ सालमा केजीको ८०० रुपैयाँ रहेको घिउ प्रतिकेजी १२०० रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिका ९०० रुपैयाँ रहेको थियो ।

अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमन समेत गरेको थियो ।

‘सङ्घमा २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल र सन सनफ्लावर तेल उत्पादन गरी स्थानीय बजारसँगै विदेशमा समेत निकासी हुँदै आएको छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.