add

सुर्यगढी गाउँपालिकाको बजेट ५१ करोड २५ लाख, ‘एक घर एक धारा’ खानेपानी कार्यक्रमलाई निरन्तरता






ActPro Nepal

|

१० असार, २०७९

|
974

नुवाकोट । सुर्यगढी गाउँपालिकाको ११ औं गाउँसभाले आर्थिक वर्ष २०७९ /०८०  का लागि ५१ करोड २५ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले गाउँपालिकाको ११ औं बैठकमा उक्त बजेट पेस गरेकी हुन् ।

आगामी आ.वमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रलाई प्राथमिकता दिइएको जनाएको छ ।

नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा काम गर्ने बालविकास सहयोगीलाई प्रोत्साहित रकम दिने बजेटमा समेटिएको छ । विद्यालयहरुमा नि:शुल्क सेनेटरी प्याड वितरण, पठनपाठनमा गुणस्तर वृद्धि गर्न प्रत्येक विद्यालयमा इन्टरनेट तथा केही विद्यालयमा सीसी क्यामेरा व्यवस्थाका लागि समेत बजेट विनियोजन जनाएको छ ।

योसँगै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक लागि चाडपर्व भत्ता तथा तातो न्यानो कपडाका लागि वार्षिकरुपमा १ हजार ५ सय अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । दीर्घ रोगीलाई नि:शुल्क औषधि वितरणका कार्यक्रम राखिएको छ । सडक यातायातको स्तरवृद्धि गरिनुका साथै केही भागमा कालोपत्रेलाई निरन्तरता दिने भएको छ । ‘एक घर एक धारा’ खानेपानी कार्यक्रमलाई बजेटमा निरन्तरता दिइने उल्लेख छ । कृषि औजार, बीउबिजन तथा पशु विकासका कार्यक्रमहरु अनुदानलाई बजेटमा राखिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.