add

पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि, निगमलाई पाक्षिक नोक्सान ४ अर्ब २५ करोड






ActPro Nepal

|

१ जेठ, २०७९

|
523

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएर पठाएपछि चर्को मूल्यवृद्धि गरेको आयल निगमको घाटा भने घटेको छैन् ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा करीब ४ अर्ब २५ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाएको छ । निगमलाई उच्च घाटा खाना पकाउने ग्यासमा छ ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

तर, ग्यासको मूल्य भने बढाइएको छैन ।

इन्डियन आयल कर्पोरेशनले १५र१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.