add

उपकार लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा






ActPro Nepal

|

९ वैशाख, २०७९

|
354

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

लघुवित्तले शुक्रवार विहान विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, हात्तिसारमा आइपीओ बाँडफाँड गरेको हो ।

लघुवित्तको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा २२ हजार ११५ जनाले मात्रै पाएका छन् ।

१० कित्ताका दरले बाँडफाँड गर्दा ६ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिईएको छ । लघुवित्तको आईपीओमा आवेदन दिएका बाँकी लगानीकर्ताको हात रित्तो भएको छ ।

लघुवित्तको आईपीओमा अन्तिम दिन मागभन्दा १२४.५४ गुणा बढी आवेदन परेको थियो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आइपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता शेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

यसरी हेर्नुहोस् नतिजा

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड र उपकार लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.