add

तरकारीको मूल्य अस्वभाविक वृद्धि, ९ महिनामा २६ अर्बको तरकारी आयात






ActPro Nepal

|

८ वैशाख, २०७९

|
524

काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य अस्वभाविक रुपले बढेको छ । अधिकांश तरकारीको भाउ किलोकै डेढ सय हाराहारीमा छ । अफसिजन भएकाले माग अनुसार तरकारी उत्पादन हुन सकेकेको भन्दै भाउ बढेको हो ।

नेपाली उत्पादन केही कमी भए पनि अहिले भारतबाट नियमित रुपमा तरकारी आयात भइरहेको छ । यद्यपि, बजारीकरणको अभावर बिचौलियाहरुको चलखेलका कारण अहिले नेपाली कृषकले लगाएको तरकारी खेतमै कुहिरहेको छ ।

भारतीय तरकारीको दबदबा रहँदा राजधानी काठमाडौं नजिकैका जिल्लाहरु काभे्र, धादिङ लगायत जिल्लाको कृषको तरकारले उचित मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर उपभोक्ताले महँगोमा किन्नु परेको छ ।


निरीह राज्य र बलिया बिचौलियाका कारण कृषक र उपभोक्ता दुवै मारमा परिरहेका छन् । अहिले कृषकले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यको अन्तर चार पाँच गुणासम्म फरक रहेको छ ।

नेपालमै पर्याप्त तरकारी उत्पादन गर्न सक्ने सम्भावना रहे पनि आधुनिक खेती प्रणाली नअपनाउँदा, उन्नत जातको बीउ र र मलको व्यवस्था नहुँदा, राज्यले कृषकहरुलाई प्रोत्साहन गर्न नसक्दा व्यवसायिक रुपमा उत्पादन हुन सकेको छैन ।

नेपालमा उत्पादित तरकारी संकलन गरी बेच्दा भन्दा भारतीय तरकारी बेच्दा बढी फाइदा हुने भएपछि व्यापारीहरु भारतीय तरकारीमै आकर्षित हुने गरेका छन् । नेपालमै उत्पादन बढाइ भारतीय तरकारी आयात कम गर्न सके वर्षेनी अर्बौं रुपैयाँ विदेशिन रोकिने देखिन्छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा मात्रै २६ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको छ । ६२ करोड ४५ लाख ९९ हजार केजी तरकारी आएको छ ।


यस्तै, गत आर्थिक वर्षमा मात्र ३८ अर्ब ५० करोड रुपैयाँ बराबरको तरकारी आयात भएको थियो । ८६ करोड ६५ लाख केजी तरकारी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.