add

नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो,भारतसँग मात्रै ६ खर्ब ७८ अर्ब






ActPro Nepal

|

७ चैत, २०७८

|
524

काठमाडौं ।  आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनामा (साउनदेखि फागुन मसान्तसम्म) वैदेशिक व्यापार घाटा ३४.५० प्रतिशतले बढेको हो ।

त्यस अवधिमा नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा नेपालको ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

तथ्यांक अनुसार यस अवधिमा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आबको सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख बढीको आयात भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालमा १५९ देशबाट आयात भएको छ । यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

आठ महिनामा नेपालले भारतबाट ७ खर्ब ९७ अर्ब २४ करोड १६ लाख रुपैयाँ बढीको आयात भएको छ भने एक खर्ब १८ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

नेपालको भारतसँग मात्रै ६ खर्ब ७८ अर्ब ४० करोड ३९ लाख बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट आठ महिनामा एक खर्ब ८६ अर्ब १५ करोड ९१ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै ५४ करोड ५८ लाख ४० हजार रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र एक खर्ब ८५ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलकमा हुने निर्यात ४४.४३ प्रतिशतले बढेको छ ।

चालु आवको फागुन मसान्तसम्म नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । ८ महिनामै निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम बराबरको निर्यात व्यापार हो ।

गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.