add

६ महिनामा २४ हजारभन्दा बढी ऋणीले लिए १ खर्ब ६ अर्ब पुनरकर्जा, ५० प्रतिशत पर्यटनमा






ActPro Nepal

|

६ माघ, २०७८

|
810

काठमाडौं । लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा ६ महिनामा एक खर्ब ६ अर्ब ८ करोड रुपैयाँ प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक पुस मसान्तसम्ममा २४ हजार २६७ जना ऋणीलाई पुनरकर्जा स्वीकृत गरेको हो ।

ग्राहकको मूल्यांकनका आधारमा प्रदान गरिने विशेषतर्फ २० जनालाई तीन अर्ब ५० करोड र साधारण तर्फ ८२ जनालाई १० अर्ब १२ करोड रुपैयाँ स्वीकृत गरिएको छ ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थालाई एकमुष्ट प्रदान गरिने कर्जा ४२ संस्थाका दुई हजार ९६० वटा शाखा कार्यालयबाट प्रवाह भएको छ ।

ग्राहक ऋणी मूल्यांकनका आधारमा स्वीकृत भएको पुनरकर्जामध्ये प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी पुनरकर्जा वाग्मती प्रदेशमा गएको छ । कुल पुनरकर्जामा वाग्मती प्रदेशको हिस्सा ५२.१५ प्रतिशत रहेको छ ।

दोस्रोमा गण्डकी प्रदेशमा १८ प्रतिशत, लुम्बिनी प्रदेशमा १३, प्रदेश १ मा १२.२२, प्रदेश २ मा ३.६२ प्रतिशत र सूदुरपश्चिम प्रदेशमा ०.७२ प्रतिशत पुनरकर्जा प्रवाह भएको बताइएको छ ।

क्षेत्रगत आधारमा सबैभन्दा बढी पुनरकर्जा पर्यटन क्षेत्रले प्राप्त गरेको तथ्याङ्कले देखाएको छ। पुस महिनासम्मको तथ्यांकका आधारमा पर्यटन क्षेत्रमा मात्रै ६ अर्ब ७९ करोड २२ लाख रुपैयाँको पुनरकर्जा स्वीकृत भएको छ। यो कुल कर्जाको ४९.८९ प्रतिशत हुन आउँछ।

दोस्रो बढी पुनरकर्जा स्वीकृत भएको क्षेत्र जलविद्युत हो । यस क्षेत्रमा ३ अर्ब २४ करोड ५ लाख रुपैयाँको पुनरकर्जा प्रदान भएको छ। सर्वाधिक कम पुनरकर्जा भने कपडा क्षेत्रका लागि स्वीकृत भएको छ।

पुनरकर्जा कार्यविधि २०७७ अनुसार विशेष पुनकर्जाको लागि जम्मा ३ प्रतिशत र साधारण पुनरकर्जाको व्याजदर जम्मा पाँच प्रतिशत मात्र ब्याज तिरे पुग्‍नेछ।

कसले कति पाए ?




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.