add

नबिल बैंकको वार्षिक साधारणसभा सम्पन्न, ३८ प्रतिशत लाभांश पारित






ActPro Nepal

|

३० पुष, २०७८

|
794

काठमाडौं ।  नबिल बैंकको ३७ औँ  वार्षिक साधारण सभा मिति २०७८ पौष ३० गते शुक्रवार सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश ३३.६० सेयर र ४.४० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ।

शुक्रवार सम्पन्न बैंक संचालक समितिको ५८८ औँ वैठकले संचालक समितिको अध्यक्षमा पुन: उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ। 

बैंकले स्थापनाकालदेखि हालसम्म १६ अर्बभन्दा बढी रकम देशको राजस्वमा योगदान गरिसकेको समेत जनाएको छ। नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट काउन्टरहरु रहेका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.