add

धान उत्पादन पाँच वर्षयताकै न्यून,कुन प्रदेशमा कति घट्यो ?






ActPro Nepal

|

१८ पुष, २०७८

|
623

काठमाडौं ।  नेपालमा यो वर्ष पाँच वर्षयताकै सबैभन्दा कम धान उत्पादन भएको छ।

रासायनिक मलको चरम अभावकाबीच भएको खेतीपातीमा धान थन्क्याउने वेला आएको बेमौसमको पानी र हावाहुरीका कारण उत्पादन उल्लेख्य घटेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार, चालू आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कृषिबाली धानको उत्पादन ८.७४ प्रतिशतले घटेको हो।

गत वर्ष ५६ लाख २१ हजार टन धान फलेकोमा यो वर्ष घटेर ५१ लाख ३० हजार मेट्रिक टनमा सीमित भएको मन्त्रालयको अनुमान छ।

साविकका वर्षका तुलनामा यस वर्ष करिब चार हजार हेक्टर थप क्षेत्रफलमा धान रोपाइ भएको थियो । तर, उत्पादकत्वका हिसाबमा भने चालु आर्थिक वर्षमा तीन दशमलब ४७ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन भएको अनुमान गरिएको छ ।

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म मूलुक भर आएको हावाहुरी सहितको अप्रत्यासित वर्षाको कारण धानबालीमा क्षति पुगेको र उत्पादकत्वमा ह्रास आएको मन्त्रालयको भनाइ छ ।

विशेषतः सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा धान थन्क्याउने समयमा परेको वर्षा तथा हावाहुरीले समग्र राष्ट्रियस्तरको धान उत्पादनमा कमी ल्याएको हो ।

प्रदेशगत रूपमा गत वर्षको तुलनामा यो वर्ष गण्डकी बाहेक ६ प्रदेशमा धान उत्पादनको वृद्धि ऋणात्मक भएको छ।

सबैभन्दा धेरै सुदूरपश्चिममा ३१.४९ प्रतिशत र लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशतले धान उत्पादन घटेको छ। यद्यपि, चैते धानको उत्पादकत्व भने गत वर्षको तुलनामा ०.३२ प्रतिशतले वृद्धि भई ४.६८ मेट्रिक टन प्रति हेक्टर कायम भएको छ।

धान उत्पादनमा कमी आउँदा देशको कुल गार्हस्थ उत्पादनमा पनि असर पर्छ। देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको करीब एक चौथाइ योगदान छ।

यता चैत धानमा गत आ.व. को तुलनामा शून्य दशमलब ३२ प्रतिशतले धान वृद्धि भई चार दशमलब ६४ मेट्रिक टन प्रति धान उत्पादन भएको छ । नेपालमा अन्दाजी १५ लाख हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.