add

चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई केही राहत, मासिक घाटा अझै पौने २ अर्ब






ActPro Nepal

|

४ पुष, २०७८

|
508

काठमाडौं । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई राहत मिलेको छ ।

एक महिना अगाडिसम्म पाक्षिक साढे २ अर्ब नोक्सानी व्यहोर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार अब पाक्षिकरुपमा १ अर्ब ५७ करोड घाटा हुनेछ ।

पछिल्लो पटक आइओसीबाट यही पुस १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमलाई अझै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४४ पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा रहेको सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

निगमलाई हवाई इन्धन र मट्टितेलमा सामान्य नाफा रहेको छ । हवाई इन्धन (अन्तरराष्ट्रिय)तर्फ २६ रुपैयाँ ४४ पैसा र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ ७१ पैसा तथा मट्टितेलमा १६ रुपैयाँ ६२ पैसा नाफा रहेको छ । हवाई इन्धन र मट्टितेलको नाफाले निगमको नोक्सानी न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन । घाटा पूर्ति गर्न निगम पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाबमा रहेको छ ।

निगमले पछिल्लो पटक गत कात्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमका अनुसार अहिले पेट्रोलको विक्री मूल्य प्रतिलिटर रु १३६, डिलेलको रु ११९ र एलपी ग्यासको बिक्री मूल्य प्रसिसिलिण्डर रु एक हजार ५७५ रहेको छ ।

पछिल्लो पटक नेपालमा मूल्य समायोजन पश्चात पनि भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३८ रुपौयँ २४ पैसा, डिजेल प्रतिलिटर ३१ रपैयाँ ३१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा नेपालतर्फ सस्तो रहेको सहप्रवक्ता कार्कीले जानकारी दिएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.