add

शेयर बजारमा नयाँ लगानीकर्ता थपिदैं, डिम्याट खाता खोल्नेको संख्या साढे ३८ लाख पुग्यो






ActPro Nepal

|

११ मंसिर, २०७८

|
1070

काठमाडौं । पछिल्लो समय डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन् । सिडिएस एण्ड क्लियरिङको तथ्यांक अनुसार सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख ८६ हजार ६ सय ७२ पुगेको छ।

शेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । जसको कारण आइपीओमा आवेदन दिनेको संख्यामा नयाँ रेकर्ड बन्दै गएको छ ।

आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका थिए । चैत मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३२ लाख ७२ थियो। ७ महिनामै डिम्याट खाता खोल्नेको संख्या थप १४ लाखले वृद्धि भएको छ ।

सीडीएससीका अनुसार मेरो शेयर प्रयोगकर्ताको संख्या पनि ३८ लाख ५२१ पुगेको छ। हालसम्म ७ अर्ब ८३ करोड ८० लाख ८१ हजार २९७ कित्ता शेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो सेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि शेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो ।

१ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ ।

साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिने व्यवस्था छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.