add

चार महिनामा १६ अर्बको तरकारी आयात,मूल्य बढेको बढै






ActPro Nepal

|

९ मंसिर, २०७८

|
552

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा १६ अर्ब बढीको तरकारी जन्य उत्पादन आयात भएको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार साउन, भदौं, असोज र कात्तिक महिनामा १६ अर्ब ९ करोड रुपैयाँको हरियो तरकारी आयात भएको छ ।

नेपालबाट तरकारीजन्य उत्पादनको निर्यात भने ३८ करोड रुपैयाँको रहेको छ । जसमा सबैभन्दा धेरै तरकारी छिमेकी देश भारतबाट आयात भएको छ ।

मासिक अर्बौैं रकमको तरकारी आयात भएतापनि नेपाली बजारमा हरियो तरकारीको मूल्य भने बढेको बढै रहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांक अनुसार गएको २५ दिनमा सबैभन्दा धेरै मूल्यवृद्धि कुरीलोको भएको छ ।

गएको २५ दिनमा कुरीलोको मूल्य प्रतिकेजी १५०० रुपैयाँ बढेको छ ।

गत कात्तिक १५ गते प्रतिकेजी ८५० रुपैयाँ रहेको कुरीलोको मूल्य मंसिर ९ गते आइपुग्दा १५०० रुपैयाँ बढेर प्रतिकेजी २३५० रुपैयाँ कायम भएको छ ।

कात्तिक १५ गतेमा ९० रुपैयाँ रहेको गोलभेडाको मूल्य बढेर १३५ रुपैयाँ पुगेको छ । आलुको मूल्य भने घटेको छ ।

कात्तिक १५ मा ६२ रुपैयाँ प्रतिकेजी रहेको राता आलु ५२ रुपैयाँ ५० रुपैयाँ रहेको मुडेको आलु ४६ रुपैयाँ र ४८ रुपैयाँ रहेको भारतिय आलु २९ रुपैयाँमा झरेको छ ।

काउलीको मूल्य पनि घटेको छ । कात्तिक १५ मा १३० रुपैयाँ रहेको काउली ४५ रुपैयाँमा झरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.