add

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो






ActPro Nepal

|

२५ असोज, २०७८

|
546

काठमाडौं । दशैंमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् ।

शनिबार र आइतबार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवं भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

सो नाकाबाट ठूलो परिमाणमा स्याउ भित्रिएसँगै दशैंका लागि नेपाली बजारमा फलफूलको आपूर्ति व्यवस्था सहज हुने भएको छ ।

नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरागरी धमाधम काठमाडौं लाने क्रम सुरू भइरहेको सूचना अधिकारी चौधरीले बताए । चाडपर्वमा फलफूलको अभाव हुन नदिन व्यवसायीले स्याउ लगायत तयारी पोशाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातमा पहिलो प्राथमिकता दिँदै आएको पाइएको छ ।

आम उपभोक्ताको चाहना एवम् राजधानी काठमाडौं लगायत व्यवसायीक क्षेत्रको मागका आधारमा चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए ।

चीनको उत्पादक कम्पनी वा फर्मलाई नेपाली व्यवसायीले सामान अर्डर गरे पश्चात् ढुवानी सेवामा कार्यरत सबैभन्दा ठूलो चिनियाँ कम्पनी मुसा टान्सपोर्टले रसुवागढी पु¥याइ छिटोछरितो सेवा दिँदै आएको बताइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.