add

बुद्धभूमीको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा






ActPro Nepal

|

२२ असोज, २०७८

|
1325

काठमाडौं ।  बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार सेयर बाँडफाँट भएको हो।


कम्पनीको आइपीओमा कुल २० लाख ३० हजार नाै सय ५५ जनाले कुल दुई करोड ४४ लाख तीन सय ७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये भाग्यमानी ७४ हजार चार सयजनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात खाली छ ।

१६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ। बाँकी स्वीकृत भएका २० लाख १४ हजार नाै सय २२ जनामा गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको हो । 

कम्पनीले ११ देखि १४ असोजसम्म सर्वसाधारणका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो । यसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

बुद्धभूमिले नुवाकोट जिल्लामा चार दशमलव नाै सय ९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

बुद्धभूमिको नतिजा बुद्धभूमि नेपाल हाइड्रोको वेबसाइट https://buddhabhumihydro.com/, बिकी प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.