add

मनकामना स्मार्ट लघुवित्तको सेयर भोलिदेखि कारोबारमा आउने, कतिमा खुल्छ ?






ActPro Nepal

|

१७ साउन, २०७८

|
1144

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) सूचीकृत भएको छ ।

कम्पनीले आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा संस्थापक ८ लाख २२ हजार ५०० कित्ता र साधरण ३ लाख ८९ हजार गरी कुल १२ लाख ११ हजार ५०० कित्ता सेयर सूचीकृत गरेको हो ।

यससँगै सोमबारदेखि लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । लघुवित्तको पहिलो कारोबारका लागि नेप्सले ११०.८४ रुपैयाँदेखि ३३२.५२ रुपैयाँ ओपनरेञ्ज तोकेको छ । यसकै बीचमा रहेर लघुवित्तको सेयर कारोबार शुरु हुनेछ ।

लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले MKLB  केत चिह्न प्रदान गरेको छ । लघुवित्तले असार १७ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

जसमा गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने तीमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले सेयर पाएका थिए । आवेदन दिने १९ लाख १५ हजार १७२ जनाको भने हात रित्तो भएको थियो ।

आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुगेको छ । लघुवित्तले हाल देशका १२ वटा जिल्लाका ३७ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख खुद मुनाफा कमाएको छ । ८ करोड २२ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.