add

झिनो अंकले बढ्यो शेयर बजार,परिसुचक ३०८१ अंक पुग्दा १२ अर्ब १० करोड को कारोबार






ActPro Nepal

|

१७ साउन, २०७८

|
848

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ अंकमा पुगेको छ ।

आइतबार राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स १.२४ अंकले बढेर ५७२.१५ अंकमा पुगेको छ ।

आज जलविद्युत, ट्रेडिङ, इन्भेष्टमेन्ट, लघुवित्त र विकास बैंक बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै जलविूतको सूचक बढ्यो । जलविद्युतको सूचक २.४९ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको १.७३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजमको सूचक घट्यो । होटल एण्ड टुरिजमको सूचक २.३२ प्रतिशत घट्यो । त्यस्तै, अन्य समुहको १.४३ प्रतिशत घट्यो ।

आइतबार २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर १ लाख १७ हजार ४९० पटक किनबेच हुँदा १२ अर्ब १० करोड रुपैयाँको कारोबार भयो ।

आज ९ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किटा लाग्नेमध्ये जीवन विकास लघुवित्त, साइनर्जी पावर, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो, ग्रिनलाइफ हाइड्रो, यूनिभर्सल पावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, नाङ्दी ग्रुप पावरको ९.८३ प्रतिशत, सिइडीबी हाइड्रोवारको ९.६३ प्रतिशत र राइरङ हाइड्रोको ९.४३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्युटी फन्डका शेयर धनी छन् । लक्ष्मी इक्युटी फन्डको शेयर मूल्य ६.९८ प्रतिशत घट्यो । त्यस्तै, चन्द्रागिरी हिल्सको शेयर मूल्य ३.८६ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रो पावर कम्पनीले गर्यो । कम्पनीले ३६ करोड ६ लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.