एक वर्षमा १० हजारभन्दा बढी सवारी साधन भन्सारबाट आए, कुन महिनाको कति आयात ?

एक वर्षमा १० हजारभन्दा बढी सवारी साधन भन्सारबाट आए, कुन महिनाको कति आयात ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बजेटअघि सूचना चुहावट गरेर आरोप लागेपछि भन्सार विभागले आर्थिक वर्ष २०७६/७७ मा भन्सार जाँचपास भएका सवारीसाधनको सूची सार्वजनिक गरेको छ ।

बजेटमा भन्सार बढ्ने सूचना अगाडि नै अर्थ मन्त्रालयले चुहाएको आरोप लागेपछि विभागले उक्त विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक सूचीमा चालु आर्थिक वर्षको जेठ महिनासम्म आयात भएका सवारीसाधनको तथ्याङ्क समेटिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कमा चालु आर्थिक वर्षको ११ महिनामा ५७४ विद्युतीय गाडी आयत भएको देखिएको छ । साथै, जेठ महिनामा ९३ वटा विद्युतीय गाडी आयात भएको हो ।

विवरण अनुसार जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र विद्युतीय सवारी जाँचपास भएको छ। गतवर्ष पनि जेठमा ५४ वटा विद्युतीय गाडीहरु जाँचपास भएका थिए। गत वर्ष भन्दा यस वर्ष आयात दोब्बरको नजिक पुगेकाले जेठमा ९३ वटा गाडी आयात हुनु सामान्य रहेको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको साउनमा ९१ वटा, भदौमा ४० वटा, असोजमा ४६ वटा, कार्तिकमा २६ वटा, मंसिरमा ११२ वटा, पुषमा ९५ वटा, माघमा १२ वटा, फागुनमा ६ वटा, चैतमा ८ वटा, बैशाखमा ४५ वटा र जेठमा ९३ वटा गरी कुल ५७४ वटा विद्युतिय सवारी साधन आयात भएको छ।

पेट्रोल तथा डिजेलबाट चल्ने गाडीको आयात पनि चालु आर्थिक वर्षमा ९ हजार ७७५ वटा मात्र रहेको छ ।

गत वर्षको असार मसान्तसम्ममा ३६१ वटा विद्युतीय गाडी आयात भएका थिए भने १६ हजार ५१३ वटा विद्युतिय बाहेकका सवारी साधनहरु भित्रिएको विभागको तथ्याँकले देखाउछ।

सुख्खा बन्दरगाहा भन्सार कार्यलयबाट बैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत २५ मा भन्सार आइपुगेका थिए। जेठ ७ गते जाँचपास भएका ७५ वटा सवारीसाधन बैशाख ११ गते भन्सारमा आइपुगेका थिए।