add

३० वर्षमा पहिलोपटक प्रतिव्यक्ति आम्दानी ४ प्रतिशत घट्ने यूएनडीपीको प्रक्षेपण






ActPro Nepal

|

८ जेठ, २०७७

|
953

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले प्रतिव्यक्ति आम्दानी ४ प्रतिशत घट्ने प्रक्षेपण गरेको छ । शिक्षा, स्वास्थ्य र जीवनयापनको स्तरका आधारमा मापन गरिने मानव विकास ३० वर्षमा पहिलोपटक घट्न सक्ने यूएनडीपीले प्रक्षेपण गरेको हो । 

‘सन् २००७ देखि २००९ सम्मको विश्वव्यापी वित्तीय संकटसहित पछिल्लो ३० वर्षमा विश्वले धेरै संकटको सामना गरेको छ । हरेक संकटले मानव विकासलाई प्रभाव पारेको छ । तर हरेक वर्ष मानव विकास वृद्धि भइरहेको थियो,’ यूएनडीपीका प्रशासक अचिम स्टेनरलाई उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा, स्वास्थ्य र आय तीनै क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभावका कारण यसपटक अवस्था फरक हुन सक्छ ।’

मानव विकासको आधारभूत क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभावको अनुभूति धेरै देशमा भइरहेको विज्ञप्तिमा उल्लेख छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले १ सय ७० देशको प्रतिव्यक्ति आय ऋणत्मक हुने भन्ने तथ्यांक पनि युनएनडीपिले उल्लेख गरेको छ । त्यस आधारमा यो वर्ष विश्वव्यापी प्रतिव्यक्ति आम्दानी ४ प्रतिशत घट्ने अनुमान युएनडीपिको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् १९८० यतापछि सबैभन्दा बढी विद्यार्थी शिक्षाबाट वञ्चित भएको यूएनडीपीको आँकलन छ । उसका अनुसार ६० प्रतिशत विद्यार्थी शिक्षाबाट वञ्चित छन् ।

कोभिड–१९ को संयुक्त प्रभावले मानव विकासको तथ्यांकमा ठूलो प्रभाव पार्न सक्ने यूएनडीपीको विश्लेषण छ । कोभिड–१९ का कारण शिक्षामा मात्रै नभई रोजगारीको असुरक्षाले लैंगिक समानता कमजोर, महिलाहरुको आय तथा बचतमा कमी, लैंगिक हिंसा बढ्नेजस्ता समस्या आउन सक्ने यूएनडीपीले जनाएको छ । धनी देशको तुलनामा कोभिड–१९ को सामाजिक तथा आर्थिक प्रभाव समाधान गर्न नसक्ने विकासशील मुलुकमा मानव विकास तल झर्न सक्ने यूएनडीपीको प्रक्षेपण छ ।

कोभिड–१९ का कारण विद्यालय बन्द रहेको र धेरै विद्यालयले अनलाइन सिकाइलाई अंगिकार गरेको अवस्थामा मानव विकासको अवस्था कमजोर रहेका मुलुकमा प्राथमिक शिक्षा लिइरहेका ८६ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको यूएनडीपीको आँकलन छ । मानव विकास सूचकांकको अग्रणी अवस्थामा रहेका देशमा यो अवस्था २० प्रतिशत मात्रै छ । इन्टरनेटको सर्वसुलभताले यो खाडल कम गर्न सकिने यूएनडीपीको विश्लेषण छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.